१० किलो अवैध गाँजासहित युवक पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २२ वर्षीय श्रवण कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकी रहेको अवस्थामा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्