झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं, २७ मंसिर । झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने भारत बिहार राज्य माल्दा बोरलका २२ वर्षीय जेनिश राजवंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का २४ वर्षीया युनिशा लिम्बुलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो। उनीहरूलाई कोठाबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ८ सय मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्तै रूपन्देहीको कोटहीमाई गाउँपालिका-३ मुर्दहियाबाट नियन्त्रित लागूऔषधसहित सोही गाउँपालिका-७ पर्सहवा बस्ने २३ वर्षीय अजय अग्रहरीसमेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ।

इलाका प्रहरी कार्यालय मझगावा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७९ प ५१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजेपाम ६८ एम्पुल र नाईट्रोभेट ४३ ट्यावलेटसहित पक्राउ गरेको हो। दुवै घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्