नेपाल सुपर लिग: आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजेबाट खेल सुरु हुनेछ ।

यस धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ । चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । आज जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।

अर्कोतर्फ चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा छ । चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो ।

 

त्यसैले चितवनका लागि भने आजको खेल जित्नैपर्ने दबाब छ । चितवनले धनगढीलाई हराएमा धनगढी समान नै अंक बनाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्