यू-१९ एशिया कपको सेमिफाइनल समीकरण पुरा

काठमाडौं, २७ मङ्सिर । जारी एसीसी यू-१९ एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। बुधबार समूह चरणका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

समुह चरणका खेल बुधबार सकिएपछि समुह बी बाट बंगलादेश विजेता र आयोजक युएई उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन्।

बुधबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो भने युएईले जापानलाई १०७ रनले पराजित गरेको थियो। समूह बी बाट श्रीलंका र जापान बाहिरिएका छन्।

यसअघि समुह ‘ए’ बाट पाकिस्तान र भारत विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका थिए।

अब सेमिफाइनलमा समुह ‘ए’ को विजेता पाकिस्तान र समूह ‘बि’ को उपविजेता युएई खेल्ने छन् भने समूह ‘बि’ को विजेता बंगलादेश र समुह ‘ए’ को उपविजेता भारत खेल्ने छन्।

सेमिफाइनलका दुवै खेल आगामी शुक्रबार हुने छन् भने फाइनल खेल आइतबार हुने छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्