स्विटजरल्याण्डमा दुइ ब्यक्तिको गोली हानी हत्या, २३ लाखसँग हतियारकाे लाइसेन्स

जेनेभा, २६ मंसिर । स्वीट्जरल्याण्डको सायन सहरमा एक व्यक्तिले दुई जनाको हत्या गरेका छन् ।

 

प्रहरीका अनुसार उक्त व्यक्तिले दुईजना माथि अन्धाधुन्ध गोली प्रहार गरी ज्यान लिएका हुन  । सो आक्रमणमा एक जना घाइते भएका छन ।

वैलैस कैंटन राज्यप्रहरीले एक विज्ञप्तिमा भन्यो, ‘अभियुक्त व्यक्तिको अझै पहिचान हुन सकेको छैन। उसले बिहान ८ बजे भन्दा पहिले सायनमा धेरै मानिसहरूलाई गोली हान्यो। यद्यपि यसको कारण अझै स्पष्ट हुन सकेको छैन।’

 

आरोपितलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । अभियुक्त र पीडित एकअर्कालाई चिनेको देखिन्छ । तर, प्रहरीले यस विषयमा धेरै जानकारी दिएको छैन ।

 

यससँगै मृतकको शरीरको कुन भागमा गोली लागेको भन्ने पनि प्रहरीले खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार स्थानीय अभियोजकहरूले हत्याको अनुसन्धान सुरु गरिसकेका छन्।

 

सायन एउटा सानो सहर हो, यसको जनसङ्ख्या करिब ३५ हजार छ। सम्पूर्ण स्विट्जरल्याण्डको जनसङ्ख्या करिब ९० लाख छ। देशमा ठूलो संख्यामा मानिसहरूसँग बन्दुकको लाइसेन्स छ। सशस्त्र हिंसामा विश्वव्यापी प्रवृतिहरू अनुगमन गर्ने स्विस आधारित संस्था, स्माल आर्म्स सर्भेले स्विट्जरल्याण्डमा लगभग २३ लाख मानिससँग हतियार रहेको अनुमान गरेको छ।

 

स्विट्जरल्याण्डमा अपराध दर धेरै कम छ, यो पछिल्ला केही वर्षहरूमा घट्दै गएको छ। देशमा कम्तीमा अपराध हुन नदिन र नागरिक सुरक्षित रहनु पर्नेमा अधिकारीहरुको जोड छ । सन् २०१९ मा हत्या प्रयासका करिब १६१ मुद्दा दर्ता भएका छन् । जहाँ ४६ जनाको मृत्यु भएको छ । यी तथ्याङ्कहरू विश्वव्यापी तथ्याङ्कको तुलनामा धेरै कम मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्