योगेन्द्र फेन्सी स्टोर, दार्चुलाका सञ्चालक केशब भट्ट सम्पर्क विहिन, खोजीको लागि अपिल

दार्चुला – योगेन्द्र फेन्सी स्टोर, दार्चुलाका सञ्चालक केशबराज भट्ट सम्पर्क विहिन भएका छन् । यहि मंसिर १८ गतेदेखि सम्पर्कमा नआएको र उहाँले सञ्चालन गर्दै आइरहेको फेन्सी स्टोर तथा उहाँको निवासमा समेत ताला लगाइएको पाइएको छ । उहाँको परिवारले भट्टको खोजी कार्यका लागि सम्पूर्णमा अपिल गर्नुभएको छ ।

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न. ४ पिपलकोट कपिन्ना घर भई हाल दार्चुलाको खलंगामा व्यवसाय गर्दै आउनुभएको थियो । उहाँ सम्पर्क विहिन भएपछि परिवार चिन्तामा डुबेको छ । सम्पर्कविहिन हुनुको कुनै कारण नै नभइ एक्कासी सम्पर्कविहिनले परिवार सशंकित भएको छ ।

यदि कसैले देखे वा भेटेमा परिवारले सम्पर्क गर्न समेत अपिल गर्नुभएको छ । सम्पर्कका लागि परिवारले मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ ।
विष्णुराज भट्टः ९८६५७४०३६०, योगेन्द्र राज भट्ट, ९८४८४०५१७८, मधु भट्ट, ९८४८७०८५६२, सरस्वती भट्ट, ९८६१५१७०८२

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्