फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

धनगढी, २१ मंसिर ।  छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसीर २९ गतेदेखि हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएकोमा प्रतियोगिता एक हप्ता पछाडी सरेको हो।

क्लबले आज एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता विशेष परिस्थितिका कारणले एक हप्ता सरेको जनाएको छ। क्लबका महासचिव ललित मिश्रले विज्ञप्ती जारी गर्दै विशेष परिस्थितिका कारणले प्रतियोगिता सरेको जानकारी दिएका छन्।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्