एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

काठमाडौं, २१ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत  एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् ।

विहिबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

१-० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर बिनोंगले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बुटवल लुम्बिनीलाई हारबाट जोगाएका थिए ।

यसअघि एफसी चितवनका लागि खेलको ४८औं मिनेटमा उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् । यो खेलपछि एफसी चितवनको ४ खेलमा ५ अंक भएको छ भने बुटवल लुम्बिनीको ४ खेलमा ४ अंक भएको छ ।

अब एनएसएल अन्तर्गत शुक्रबार बीरगन्ज युनाइटेड र झापा एससीबीच खेल हुदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्