गाजासहित पालुङमा एक युवा पक्राउ

मकवानपुर, १७ मंशिर । अबैध गाजासहित एकजना पक्राउ परेका छन् ।

थाहा नगरपालिका–३ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ग्रामसहित हेटौंडामा एकजना पक्राउ गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २१ वर्षीय विवेक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार उनले लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बोरामा लुकाइ ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्