अर्किड आइडल गायन प्रतियोगिता सुरु, सेमिफाइनलका लागि ७० जना छनोट

काठमाडाैं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले गायन तर्फको अर्किड आइडल सिजन ९ को अडिसन राउण्ड सम्पन्न भएको छ । सिजन ९ मा जम्मा १ सय ५० जनाले भाग लिएका थिए । जसमा ७० जना आगामी चरण सेमिफाइनलका लागि छनोट भएको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो । उक्त आइडल अन्तर्गत अडिसन राउण्डको निर्णायको भूमिकामा लोक गायक लेखनाथ बस्नेतले गर्नुभएको थियो ।

विद्यार्थीहरुमा अन्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने, विद्यार्थीहरुमा जिवनपयोगी सिप तथा संस्कारहरु सिकाउने, समाजीकरणमा सघाउ पुग्न तथा लोक संस्कृतिहरुको संरक्षण गर्ने जस्ता उद्देश्यहरु राखि सञ्चालनमा ल्याइएको यस आइडलको नवौँ संस्करणसम्म आउदा विद्यार्थीहरुको बर्षिेनी उल्लेखनीय सहभागिता हुदेँ गएका कारण विद्यालय उद्देश्यउन्मुख भएको र जसमा सिङ्गो विद्यालय परिवार नै खुसी भएको विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।

साथै विद्यालय भित्र मात्रै नभई बाहिर पनि विद्यार्थीहरुलाई विविध प्रतियोगितामा सहभागी गराईने भए अनुररुप यसैहप्ता कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको नगरव्यापी बादविवाद प्रतियोगितामा कक्षा मा अध्ययनरत छात्रा चासुम राईले तृतीय स्थान हासिल गरेको समेत विद्यालयका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभयो । विद्यालय अतिरिक्त क्रियाकलापहरुमा मात्र नभई शैक्षिक उपलब्धिहरुमा समेत उतकृष्ट रहेको छ । सेमिफाइनल राउण्ड पर्सि मंगलबार हुनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्