लकडाउनको पालना गर्न नेकपा बरिष्ठ नेता खनालको आग्रह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरसको रोकथामका लागि केही दिन घरमै बस्न सबैसँग आग्रह गरेका छन् ।

नववर्ष २०७७ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै वरिष्ठ नेता खनालले कोरोना भाइरसको जोखिमबाट जोगिन अझै केही दिन घरमै बस्न आग्रह गरेका हुन् ।

’नयाँ वर्ष २०७७ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा सु–स्वास्थ्य,सुख,शान्ति तथा प्रगतिको शुभकामना व्यक्त गर्दछु,’खनालले भनेका छन्,’विश्वव्यापी महामारीको रूपमा फैलिँदै गरेको कोरोना भाइरसको संक्रमणको संभावित जोखिमबाट जोगिन अझ केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशनहरूलाई पालना गर्न समेत म पुनःआह्वान गर्दछु।’

सरकारले वैशाख ३ गतेसम्मका लागि लकडाउन गरेको छ भने यसलाई अझै लम्बाउने पर्ने सुझाव आइरहेको छ । अहिलेसम्म नेपालमा १२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्