पर्साको छपकैया क्षेत्रलाई पूर्ण रुपमा सिल गर्ने प्रदेश–२ सरकारको निर्णय

जनकपुरधाम – प्रदेश–२ सरकारले वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रुपले सिल गर्ने निर्णय गरेको छ ।

भारतबाट आएर उक्त क्षेत्रमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको हो ।

मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेपछि थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन प्रदेश–२ को सरकारले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिद र उक्त आसपासको क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको हो ।

उक्त क्षेत्रमा आवजजावत समेत बन्द गर्दै उक्त क्षेत्रका व्यक्तिहरूको कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

छपकैयास्थित एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्