प्रि-ओपन सेसनमा नेप्से सूचक २ अंकले बढ्यो

काठमाडौं, ११ मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ ।

सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेर १९०९.९७ विन्दुमा गएर बन्द भएको छ । यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्