एक वर्षका छोरासहित एकै परिवारका ४ जना मृत फेला

सांकेतिक तस्बिर

काठमाडौँ – मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्।उनीहरूको शव शुक्रबार फेला परेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए। थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्