इजरायलमा मृत्यु भएका नेपालीको आज गरियो अन्त्येष्टि

बझाङ – इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो ।  सबैतिर दसैंको रमाइलो भइरहेको बेला बझाङ को जयपृथ्वी नगरपालिका वडा नं ११भोपुर बस्ती यतिखेर शोकमा डुवेको छ । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुग्नुभएका सो गाउँका २५ वर्षीय गणेश नेपाली हमास आक्रमणमा परी मृत्यु घटनाका कारण उनको घरमा दसैंले छुन नसकेको हो । परिवारको आसा र भरोसा को छोरा एवम् घरको सहारा गणेश नेपालीको शरीर दसैंमा घर फर्कियो, तर मान्यजनबाट कहिल्यै टीका नथाप्ने र ग्रहण नगर्ने गरी बाकसमा आएको गणेशको पार्थिव शरीर सेति नदिमा आज सदाको लागि विलीन भएको छ ।
सबैतिर दसैंको रमझमले छोएको बेला गणेशलाई सदाका लागि बिदाइ गरेको उनका आफन्त तथा साथी भाइका आखामा आशुले छाएका थिए। परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर इजरायल पुगेका गणेशको निधनले घरमा अँध्यारो छाएको छ । परिवारको साहारा बनेका गणेश मुत्युले बाआमा विक्षिप्त हुनुहुन्छ । लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका १० जना विद्यार्थीको हमास आक्रमणबाट ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्