‘अझ म अनैतिक र भ्रष्ट? बात गर्छन् !’ : पूर्वमन्त्री बास्कोटा

काठमाडौँ – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएपछि राजीनामा दिएका पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका छन् ।

‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ। सिंहदरबार जल्नासाथ कीर्ति्निधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन्? अझ म अनैतिक र भ्रष्ट? बात गर्छन् !’ पूर्वमन्त्री बास्कोटाले ट्विटरमा लेखेका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडिओ सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले गत फागुन ८ गते राजीनामा दिएका थिए ।

फागुन १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले  गाेकुल बास्कोटाकाे बचाउ गर्दै भनेका थिए– एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उक्त अडिओ मेरो होइन भन्नुभएको छ । सत्यता पुष्टि भएको छैन । स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गरेको अर्को दिन बाँस्कोटाले जिल्ला अदालत काठमाडौंमा आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको गरेको भन्दै मुद्दा हालेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्