‘काम गरौँ राजनीति पछि गरौँला’ : सांसद ठगुन्ना

काठमाडौँ – दार्चुलाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले कोरोना भाइरसको महामारीले विश्व नै तरंगित बनिरहेको हुनाले यो समय राजनीति भन्दा पनि काम गर्ने भएको बताएका छन् ।

शनिबार सामाजिक संजाल फेसबुक मार्फत प्रतिनिधिसभा सदस्य ठगुन्नाले लेखेका छन् । “निरन्तरको प्रयासपछि दार्चुला जिल्लाका विभिन्न स्थानहरुबाट दुइवटा हेलिकोप्टर परिचालन भई कोभिड–१९ परीक्षण आज सुरु भइरहेको छ । सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यू लगायत नेपाल सरकारलाई धन्यवाद यो राज्य र जनप्रतिनिधहरुको दायित्वको विषय हो, राजनीतिको विषय हैन तर केहि राजनीतिज्ञ र दलहरुको व्यवहार देख्दा अचम्म लाग्छ, जनतालाई अझै मुर्ख ठानिरहेका छन् की ? केहि भयो भने आफ्नो पहलमा भयो भन्ने अनि केहि भएन भने सरकारले गरेन भन्ने । काम गरौँ राजनीति पछि गरौँला ।”

शनिबार नेपाली सेनाको हेलिकप्टर मार्फत कोरोना परीक्षणको नमुना संकलनका लागि स्वास्थ्य टोली दार्चुला पुगेको छ । दार्चुलाका विभिन्न ६ स्थानबाट नमुना संकलन गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्