पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्दा ६ जनाको मृत्यु

पाल्पा – पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए । घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्