राष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन

काभ्रे– राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्ठमीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पाठपूजा एवं दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरी परिवारका सदस्यहरुसहित मन्दिर परिसदमा पुग्नुभएको हो ।

राष्ट्रपति पौडेललाई जिल्ला समन्वय प्रमुख दिपक गौतम,पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, जनप्रतिनिधि एवं समितिका प्रतिनिधिहरुले स्वागत गर्नुभएको थियो । उहाँले करिब १५ मिनेटसम्म मन्दिर परिषदमा पाठपूजा गर्नुका साथै मन्दिरको बस्तुअवस्था बारे जानकारी लिनुभएको थियो ।

पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करबि एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ मा नर्मिाण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत चनिने गरेको छ । भगवतीको मूर्ति मध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकोले पनि अन्य भगवतीहरु मध्ये पलाञ्चोक भगवती वढी चर्चा हुने गरेको छ ।

पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनले चिताएको कुराहरु पुरा भएको भन्दै नेपालका विभिन्न स्थानबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्