इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तको जिम्मा लगाइयो

कैलाली –  इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ।

इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढी पुगेको हो । धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याएको हो।

चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । धनगढीबाट स्थानीय प्रशासनले परिवार घरसम्म शव पुर्‍याउने व्यवस्था गरेको हो। दार्चुलाको मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकम गाउँपालिका–५ का दिपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने र कैलाली जोशीपुरका आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्