दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं, ३० असोज । चालु साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

साताको पहिलो दिन आइतबार साार्वजनिक विदा परेको थियो भने सोमबार २३.१६ अंकले घटेको सेयर बजार मंगलबार १३.१८ अंकले बढेको हो । मंगलबार ०.७१ प्रतिशतले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ ।
मंगलबार ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ ।

यसदिन व्यापार, निर्जीवन बिमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्