लकडाउनको सदुपयोग गर्दै प्रविधिमैत्री शिक्षक समाजको अनलाईन प्रशिक्षण कार्यक्रम

कञ्चनपुर – प्रविधिमैत्री शिक्षक समाज सुदूरपशिचम प्रदेश तदर्थ समितिले अनलाइन प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
कोरोना भाइरसको कारण देश लकडाउन हुँदा समयको सदुपयोग गर्दै चैत्र २४ गतेबाट भिडियो मार्फत अनलाइन प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । धर्म सिंह भाट, पर्शुराम उपाध्यय, दुर्गा दत्त अवस्थी लगायतका प्रशिक्षकहरुले प्रशिक्षण गरेका छन् ।

प्रशिक्षणमा सुदूरपश्चिमका ९ वटै जिल्लाका शिक्षकहरुको सहभागिता रहेको छ । शुक्रबारको प्रशिक्षण कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय प्रशिक्षक छवि आचार्यले प्रशिक्षण गरेको प्रविधिमैत्री शिक्षक समाज सुदूरपशिचम प्रदेश तदर्थ समितिका कोषाध्यक्ष महेशप्रसाद पन्तले उपहार खबरलाई जानकारी दिए । क्षेत्रीय तालिम प्रमुख चेतराज पन्त र सुदूरपश्चिम प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख उत्तमदेब विष्टले अनलाइन प्रशिक्षण कार्यक्रमको अवलोकन गरेको सुदूरपश्चिम तदर्थ समितका सचिव नवराज पन्तले जानकारी दिए । कार्यक्रममा शिक्षकहरुलाई कक्षाकोठामा शिक्षण क्रियाकलापहरुलाई प्रविधिमैत्री कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइएको छ ।

प्रशिक्षणले शैक्षणिक क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाउन सयोग पुग्ने सुदूरपशिचम प्रदेश तदर्थ समितिका अध्यक्ष गंगाराम ओझाले बताए । प्रविधिमैत्री शिक्षक समाज प्रविधिको क्षेत्रमा काम गेर्न उद्देश्यले गठन गरिएको संगठन हो । अनलाइन प्रशिक्षण कार्यक्रम प्रत्येक दिन दिउँसो ३ जबे देखि ५ बजे सम्म हुने गरेको छ । अनलाइन प्रशिक्षण कार्यक्रम ८ दिन सम्म चल्ने तदर्थ समितका सचिव पन्तले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्