एक प्रेम जोडी छुट्टिदाको पीडा सहितकाे “घुम बादल अपीका रोल” भाग–२ को भिडियो सार्वजनिक

काठमाडाैँ – चर्चित लोक तथा डेउडा गायक भानुभक्त जोशी, गायक उदयसिँह धामी र रिदम सिँह धामीको लय शब्द तथा गायिका लक्ष्मी धामी (सानु) को स्वरमा रहेको घुम बादल अपीका रोल भाग–२ को भिडियो सार्वजनिक भएको छ ।
निरन्तर मिडियाको युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो । घुम बादल अपीका रोल गीतले सर्वाधिक चर्चा पाएपछि यसैलाई निरन्तरता दिन नयाँ सृजना गरि गीतलाई बजारमा ल्याएको गायक जोशीले बताए ।
गीतमा अभिनयको भूमिकामा गायक भानुभक्तका साथै भावना भट्ट, छायाँ कुँवर, अशोक विष्टले साथ दिएका छन् । खप्तड फिल्मस्ले दृष्य निर्माण गरेको छ भने गीतमा भीम थापाले निर्देशन गरेका छन् । नरेश ऐरले छायांकन गरेको उक्त भिडियो हिजो मात्रे युट्युबमा सार्वजनिक भएको छ ।
कुसुम डिजिटल स्टुडियोमा लक्षुप्रकाश मल्लले एरेन्ज गरेको गीत छोटो समयमा अत्यधिक रुचाइएको छ । एक प्रेम जोडी छुट्टिदाको पीडालाई गीतमा समावेश गरिएको छ । घरमा पीडाले छटपटिएकी श्रीमती र प्रदेशमा घरको यादमा तडपिएको श्रीमानको पीडा समेटिएको निक्कै मार्मिक एवं मन छुने गीतमा दुःख र पीडाका शब्दको वयान गरेको छ ।
परदेशीको खबर नपाएर श्रीमतीले बिलौना गरेको र विगतका सम्झनामा श्रीमती भावविह्वल भएको गीतमा दर्शकहरुले देख्न सक्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्