कला, संस्कृति जोगाउन तिज बिशेष डेउडा प्रतियोगिता

बझाङ – बझाङको बुङ्गल नगरपालिका को वटुल सेरामा तिज बिशेष देउडा कार्यक्रम सम्पन्न भएको छ।युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग दलित सहयोग समाजको आयोजना र बास नेपाल बझाङ शाखाको सहकार्यमा एक दिने देउडा प्रतियोगिता कार्यक्रम गरिएको थियो। जलवायु परिवर्तन र त्यसको असर न्युनिकरणका लागि हाम्रो भुमिका बिषय साथै अन्य समाजमा रहेका कुरिती कुसंस्कार हटाउने बिषय रहेको तिज बिशेष देउडा कार्यक्रम मा परियोजना लागु भएका वडाका दश वटा महिला समुहका बाह्र जना महिला देउडा खेलाडी बिच प्रतियोगिता भएको थियो।

प्रतियोगिता मा भाग लिएका सबै देउडा खेलाडीहरुलाइ संस्थाले प्रसंसा पत्र सहित नगद पुरस्कार पनि दिएको थियो। बुङ्गल नगरपालिका वडा नं ४वडा अध्यक्ष गणेस कार्की को अध्यक्षता मा सन्चालन भएको तिज बिशेष देउडा कार्यक्रम मा प्रमुख अतिथि नगरपालिका का उपमेयर धन बहादुर बोहरा लगायत जनप्रतिनिधि कर्मचारी पत्रकार परियोजना समुहका महिला पुरुष लगाएत सर्वसाधारण सहितको उपस्थिति रहेको थियो। देउडा खेलमा महिलाहरु ले गाउँ घरमा जलवायु परिवर्तन बाट भएका समस्याहरु बाढी पहिरो अन्य विपत का घटना बाट बच्ने र बचाउने सम्बन्धित जनचेतना मुलक गित हरुको सभाव जभाव गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोहराले दलित सहयोग समाज बाट संन्चालन भएका कार्यक्रम र योजनाहरु ले गाउँ समाजमा निकै परिर्वतन गरेको भन्दै संस्थाको प्रसंसा गरेका थिए। साथै उनले महिलाहरूको पर्व हरितालीका तीजमा जलवायु परिवर्तन सम्वन्धी विषय वस्तु राखेर कार्यक्रम गरेकोहुदा यो कार्यक्रमले गाँउ समाजमा राम्रो प्रभाव परेको बताए । दलित सहयोग समाजले बुङ्गल नगरपालिकामा युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सम्मान ब्यबहार, मानसिक स्वास्थ्य र जलवायु परिवर्तन परियोजना संन्चालन गर्दै आएको कार्यक्रम संयोजक मिन बहादुर परिवारले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्