अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन सम्पन्न

कैलाली – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन शुक्रवार मसुरियामा सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य गिता सोडारीको प्रमुख आथित्यमा भएको सम्मेलन बाट गिता वि क को नेतृत्वमा ३१ सदस्य समिति गठन गरिएको जिल्ला अध्यक्ष लक्ष्मी चौधरीले बताए ।

अखिल नेपाल महिला संघ (समाजवादी ) महिला हरुको महान चाड हरितालिका तिज तथा चौधरी समुदायको आइतवारी पर्वको शुभकामना आदानप्रदा कार्यक्रम सहित दर खाने कार्यक्रम पनि गरेको अध्यक्ष चौधरीले बताए । नयाँ नेतृत्व लाई बधाई दिदै केन्द्रीय सदस्य सोडारीले अब संघ संगै पार्टी निर्माणमा महिला हरु एक जुट भएर अघि बढ्न र महिला माथि हुने अन्या अत्याचार , घरेलु हिंसा बिरुद्ध हाम्रो पार्टी र संघ एक जुट भएर लाग्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्