पेसवानद्वारा कञ्चनपुरका ४ विद्यालयमा झोला वितरण

प्रकाश भट्ट, कञ्चनपुर- गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले कञ्चनपुरका ४ ओटा विद्यालयमा झोला वितरण गरेको छ।

बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धनाथ मावि मटैनाका ३३७ जना विद्यार्थीलाई, भि.न.पा. १० सरस्वती आधारभूत विद्यालयका ५२ जना विद्यार्थीलाई, महाकाली आधारभूत विद्यालयका तुमडानीका १०२ जना विद्यार्थीलाई र भि.न.पा ६ स्थित त्रिबेणी
आधारभूत विद्यालयका ७३ जना विद्यार्थीलाई झोला वितरण गरिएको पेसवानमा कार्यरत कर्मचारी दमन चन्दले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय कार्यालय कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले कमजोर आर्थिक अवस्था अवस्थाका बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका लागि आशा व्यक्त गरे ।

हालसम्म पेसवानले कञ्चनपुरका २० विद्यालयका ३८५१ जना विद्यार्थीलाई झोला वितरण गरिसकेको पेसवानमा कार्यरत कर्मचारी चन्दले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्