युवाकवि भाष्कर क्यान्सरसँग लड्दै, आर्थिक सहयोगका लागि गरे अपिल

प्रकाश भट्ट, कञ्चनपुर- कवि प्रचण्ड भास्कर कलौनी क्यान्सरसँग लडिरहेका छन् । युवाकवि भास्कर हाल भारतको दिल्लीस्थित ‘श्री बालाजी एक्शन मेडिकल इन्स्टिट्युट’मा क्यान्सरको उपचार गराइरहेका छन् ।

केही दिनअघि मात्रै उनले आफ्नो पहिलो किमोथेरापी सकाएसँगै मानसिक रूपमा बलियो महसुस गर्न थालेको बताएका छन् ।

भाष्कर सुदुरपश्चिम,बैतडी जिल्लाका शानदार युवाकवि हुन् ।

कवि भाष्करको उपचारका लागि फेसबुकमा ‘StayClose, Go Far’ मार्फत् आर्थिक सहयोगको अपिल गरिएको छ । भनिएको छ, ‘हामी तपाईँलाई आग्रह गर्दछौँ कि तपाईँ आफ्नो खुसीले प्रचण्डलाई आर्थिक सहयोग गर्नुहोस् । तपाईंले गर्नुभएको सहयोगले प्रचण्डको आगामी उपचारमा सकारात्मक सहयोग गर्दछ ।’

भास्करको उपचारका सहयोग गर्न चाहनेले लक्ष्मी सनराइज बैंकको खाता नम्बर ०५१२००२४२४२ (Prachand Bhaskar Kalauni) मा सिधै पैसा पाउन सक्नु हुनेछ । बैंकको विवरण तल उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्