जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

प्रकाश भट्ट, कञ्चनपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिरहेको छ । बुधबार जिल्ला ट्राफिक कञ्चनपुरले जिल्लाको भिमदत्त नगरपालिका ३ भासी स्थित रहेको लिटिल बुद्ध एकेडमी सेकेन्ड्री स्कुलमा विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न गरेको छ ।

सो स्कुलका कक्षा १० र ११ का बिद्यार्थी,शिक्षक,स्कुलका कर्माचारीहरु लगायत अं.१५० जनाको सहभागितामा ट्राफिक प्रहरी परिचय र सवारी तथा ऐन नियम, सडक सुरक्षा (ROAD SEFTY) पैदल यात्रुले सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,सवारी दुर्घटनाबाट बच्ने उपाय,सडकको परिचय सम्बन्धी ब्यवहारीक ज्ञानको विषयमा जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले प्रशिक्षित गरेका थिए । यो विद्यालय सम्पर्क कार्यक्रम आगामी दिनमा निरन्तर रूपमा सञ्चालन गरिने पनि ट्राफिक प्रमुख विकले बताएका छन ।

पछिल्लो समय केही समय अगाडि मात्रै ट्राफिक कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मेवारी सम्हालेका विकले कार्यालयको सक्रियता बढाएका छन् । ट्राफिक कार्यालय कञ्चनपुरको सवारी चालक संग छलफल तथा १ मिनेट कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ र ट्राफिक कार्यालय कञ्चनपुरले सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न जनजागरण पैदा गर्ने र सबैलाई सचेत गराउने कार्य पनि गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्