हाम्रो विकास सहकारीको पन्ध्रौँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं – हाम्रो विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार काठमाडौँमा सहकारीका अध्यक्ष मनोहरी सुवेदीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता र नेपाल व्यापार संघका अध्यक्ष हरि बहादुर गौतमको विशेष अतिथ्यता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सञ्चालक समितिकोतर्फबाट अध्यक्षले बार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरको छ भने संस्थाका कोषाध्यक्ष ले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरि आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । यस्तै गत आर्थिक बर्षमा नियुक्त गरिएको लेखापरीक्षकको राजीनामा स्वीकृत तथा नयाँ नियुक्त गरिएको छ । यस्तै लेखा परीक्षकबाट पेश भएको प्रतिवेदन पारित गरएको छ भने लेखा समिति संयोजकले पेश गरेको प्रतिवेदन समेत पारित गरिएको छ । ब्याज छुट तथा कर्मचारी सेवा सुविधा लगायतका विषयमा साधारण सभामा छलफल गरिएको थियो ।

यसैगरी सहकारीले आर्थिक वष २०७९/०८० मा २६ लाख ९४ हजार ५ सय १४ रुपैया नाफा आर्जन गरेको छ भने आगामी बर्ष नाफ रकमलाई ३३ लाख ६८ हजार १ सय ४२ पुगाउने लक्ष्य लिएको छ । यसैगरी आगामी आवमा सदस्य संख्यामा क्रमिक वृद्धि गर्दै शेयर, बचत तथा ऋण परिचालन गर्ने, नियमित बचतका अतिरिक्त अन्य आकर्षक बचत संकलनका कार्यक्रमहरु आयोजना गर्ने, विगतमा जस्तै सदस्यहरुबाट नियमित बचत गर्ने अभियान सञ्चालन गर्ने, ऋण नीति बमोजिम ऋण लगानीमा अधिकतम सदस्यलाई सहभागी गराई आर्थिक उन्नती गर्न सहयोग गर्ने गराउने, ऋण नीति , बचत नीति, सदस्यता नीति लगायतका कुरामा संशोधन गर्दै अघि बढ्ने योजना समेत सारेको छ ।

यसैगरी अधिकतमा मात्रामा नियमित मासिक बचतलाई अनिवार्य गर्ने, सरकारी नीति निर्देशन बमोजिम करोबार सञ्चालन गर्ने, सहभागतिलाई निरन्तरता दिने, ऋण लगानी सुरक्षित गर्न धितो एवं परियोजनाका आधारमा मूल्याकंनकर्ताको मूल्याकंनको आधारमा मात्र लगानी गर्ने, खर्च घटाउदैँ आम्दानी बढाउने, तथा शेयर सदस्यको निधन भएमा १५ हजार मृतकको परिवारलाई सहयोग स्वरुप हस्तान्तरण गर्ने लगायतका विषयमाथि छलफल भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष तेजप्रसाद आचार्यले राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्