सिङ्गो समाजका थुप्रै दुखेका मनहरुको समेत खुशीको कारण वन्न सक्षम हुनु छोरी

 

आज तिम्रो जन्म दिन । म बाबा बनेको तिमि हाम्रो जिन्दगीमा आएको पनि आज १७ बर्ष पुगेछ । जन्म दिनको धेरै धेरै शुभकामना मेरी प्यारी छोरी । हरेक बाबू आमाको निम्ति आफ्ना सन्तानहरुको जन्मदिन निकै महत्वपुर्ण रहन्छ ।

किनकी हरेक का सन्तान उनिहरुकै रगत पसिना र भावनाबाट सिर्जिएका अमुल्य उपहार हुन । सबै छोरीको भाग्यमा बुवा-आमा लेखिएको हुन्छ तर थोरै बुवा-आमाहरुको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ ।

यस अर्थमा तिम्रो बुवा-आमा हुन पाउनु हाम्रो लागी ठुलै सौभाग्यको कुरा हो । तिम्रो बुवा भएकोमा गौरव महशुस गर्छु म आफैसँग । परिवारमा तिम्रो उपस्थिति साँच्चिकै महत्वपुर्ण छ, छोरी ।

मेरो लागि सबैभन्दा ठूलो दिन २०६३भाद्र १३ गते थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । जतिबेला तिमी हाम्रो घरको सदस्य भएर यस दुनियाँमा आएकी थियौ, त्यो समय मेरा निम्ति महत्वपूर्ण रहेको थियो ।

तर तिमीलाई पाएर मैले जुन खुशी पाएको थिए, म शब्दमा बणर्न गर्न सक्दिन । त्यो क्षण, त्यो समय मेरो लागि एक्दम हर्षको अनुभूति र सुखद पल थियो ।

छोरी तिमी सानै देखि सबैकी प्रीय, सन्तोषी,पढाईमा अव्वल,हँसिली र अत्यन्तै ज्ञानि पनि छौ अनि मीठो बोल्न बरदान नै पाएकी छौ । उमेरले सानै भएपनि ति तिम्रा कुराहरु हरेक कुराहरु बुझ्ने एक परिपक्क ब्यक्तीका जस्ता हुन्छन्, यी कुराहरुले मेरो मन फुरुङ्ङ हुन्छ।

एउटा बाबाको नाताले तिमीलाई संगै वसेर जति समय दिनुपर्ने हो त्यति दिई रहेको छु। छोरी तिमीलाई यी नजरदेखी टाढा कहिल्यै राख्न नपरोस् । जीवनमा ठूलो भन्दा पनि असल व्यक्तिको रूपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहने छ ।

हाम्रो मात्र होइन सिंगो समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनू, आशीर्वाद छ तिमीलाई । फेरि पनि भन्छु छोरी, जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्नू, जिन्दगीको बाटोमा आउने हरेक चुनौतीसँग मुस्कुराउदै लड्ने शक्ति मिलोस, तिमीले चालेको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन।शैल्यशिखर मालिकार्जुन स्वामी र ईष्टकुल गलैनाथ स्वामीले सदैव रक्षा गरून्। तिम्रो बाबाको तर्फबाट तिमीलाई जन्मदिनको लाखौँ लाख शुभकामना प्यारी छोरी….!

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्