कैलालीमा बन्दुक, गाेली र बारूदसहित चार जना पक्राउ

धनगढी – कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्ताेश बस्यालले स्थानीय अर्जुन बिक, रामचन्द्र चौधरी,नरेश डगौरा र सचिन चौधरीलाई पक्राउ गरिएकाे जानकारी दिए । उनकाअनुसार उनीहरूकाे साथबाट एउटा प्वाइन्ट २२ हर्नेट (बन्दुक), एक थान म्यागजिन, १५ राउण्ड गोली र ५ ग्राम बारुद बरामद भएको छ । पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्