एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण

सुशील सुवेदी 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले एम्बुलेन्स चालकहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षा सामग्री नहुदा कोरोना आशंकाका विरामीहरुलाई बोक्न नमानेपछि चालकहरुको सुरक्षाका लागि पनि आफुहरुले सुरक्षा सामग्री प्रदान गरिएको सिन्धु सदावहार अस्पतालका निर्देशक रामशरण भण्डारीले जानकारी दिए । सिन्धुपाल्चोकमा सरकारी र अन्य विभिन्न क्षेत्रबाट २७ एम्बुलेन्स सञ्चालनमा छन् ।

सदावहार र ह्याम्स अस्पतालले ३० थान सुरक्षा सामग्री जिल्ला समन्वय समिति मार्फत जिल्ला विपद व्यवस्थापन समितिलाई सदावहार अस्पतालका अध्यक्ष कमले नेपालले हस्तान्तरण गरेको थियो । चालकहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुन प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट,मास्क,बुट र चस्मा समेत रहेको छ ।

एम्बुलेन्सहरुमा चालक र विरामीका लागि बस्ने छुट्ट छुट्टै पार्टेशन गरिएपनि चालकहरुका लागि सुरक्षा सामग्री नहुदा कोरोना आशंकाका विरामी लैजानका लागि मानीरहेका थिएनन् । सुरक्षा सामग्री भएपछि अब एम्बुलेन्स चालकहरुलाई सजिलो हुने विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्लामा विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरुले एकद्धार मार्फत सहयोग गर्नका लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले अनुरोध गरे। एम्बुलेन्स चालकहरुका लागि सुरक्षा सामग्री पाएपछि सबै एम्बुलेन्स चालकहरुलाई यसको उपयोगीता सहित चालकहरुलाई प्रशिक्षण समेत दिने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्