देशभर १ सय ७ जना आइसोलेनमा, ९ हजार १ सय ६८ क्वारेन्टाइनमा

काठमाडौं । हालसम्म १८ सय ९० जनाको कोरोना संक्रमण परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजबाट थप धुलिखेल र भैरहवामा टेस्ट परीक्षण सुरु भएको छ । काठमाडौँ सहित देशभर १० वटा ठाउँमा कोरोनाको नमुना परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबारसम्म काठमाडौंसहित देशभरी १०७ जना आइसोलेसन र ९ हजार १ सय ६८ जना क्वारेनटाइनमा रहेका छन् । संक्रमितको टेसिग जारी रहेको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्