नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक मंगलबार ४ बजेका लागि बोलाएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

गत चैत ५ गते बसेको नेकपा सचिवालय बैठक त्यस पछि बस्न सकेको थिएन । बैठक बोलाउन ढिला भएको भन्दै नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रचण्डलाई दवाव दिदै आएका थिए । पछिल्लो समय स्वास्थ्यसामग्री खरिद लगायतका विषयमा सरकारले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्