अर्किड आइडल नृत्य प्रतियोगिता दशौँ संस्करण : सेविका घिमिरे वनिन आइडल

काठमाडौ – सेविका घिमिरेले अर्किड आइडल नृत्य प्रतियोगिता दशौँ संस्करणको उपाधी हात पारेकी छिन् । आज भएको फाइनल राउण्डमा २५ जना प्रतियोगिलाई पछि पार्दै सेविका घिमिरे अर्किड आइडल बनेकी हुन् ।

शुक्रवार अर्किड स्कुल प्राङगणमा भएको अर्किड आइडल नृत्य प्रतियोगिताको दशौँ संस्करणमा कक्षा ५ कि छात्रा सेविका घिमिरे प्रथम, कक्षा ६ कि छात्रा आयुषा कटुवाल द्धितीय, कक्षा ९ कि छात्रा भुमिका पराजुली तृतीय र कक्षा ८ कि छात्रा अनिता तामाङ चौथो भएकी छिन् । यस्तै उत्कृष्ट भेषभुषाको अवार्ड भने कक्षा ८ कि छात्रा सृजना जैसीले प्राप्त गरेकी छिन् ।

फाइनल प्रतियोगितामा सहभागी २५ जनालाई नै प्रमाणपत्रले सम्मान गरेको छ भने उत्कृष्ट पाँच जनालाई भने अवार्ड प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा भने नृत्य निर्देशक, कलाकार मनराम केसी रहेका थिए भने कार्यक्रम सञ्चालन अर्किड स्कुलका संयोजक नरेन्द्रप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अर्किड स्कुलका प्रिन्सिपल कार्कीले विद्यार्थीहरुको क्षमता प्रस्तुत गर्ने तथा पढाईसँगै विद्यार्थीलाई आत्मनिर्भर बनाउने एउटा पाटो भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “विद्यार्थीहरु भोलिको दिनमा संगीत, नृत्यतर्फ पनि समायोजन हुन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो” विगत १० वर्ष देखि निरन्तर १० औँ संस्करणसम्म आउँदा विद्यार्थीहरुको सहभागितामा उल्लेख्य वृद्धि भइरहेको र प्रतिस्पर्धात्मक भावना, नेपाली लोक संस्कृतिको जगेर्नामा केहि टेवा पुगरहेको तथा बालबालिकाहरुमा राम्रो संस्कारको विकास भइरहेको विद्यालयका निर्देशक प्रेम भुजेलले जानकारी दिनुभयो ।

अर्किड स्कुलले बार्षिक कार्यतालिका तय गरि विभिन्न समयमा नृत्य, गायन, निबन्ध लेखन, वादविवाद कार्यक्रम, हाजिरीजवाफ, फुटवल, क्रिकेट, पौडी खेल लगायतका खेलहरूको आयोजना गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्