कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

काठमाण्डौ – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्