धनगढीका कोरोना संक्रमित ३४ वर्षीय पुरुषको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ

कैलाली – धनगढीका कोरोनाभाइरस संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ ।

संक्रमित पुरूषका दाइले भाइको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको जानकारी दिए । संक्रमित व्यक्ति गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए ।

शनिबार उनकी भाउजूलाई पनि कोरोना संक्रमण देखिएको थियो । अहिले दुबै जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा छन् । परिवारका बाँकी ७ जना सदस्यको भने नतिजा नेगेटिभ देखिएको हो ।

विदेशबाट आएका पुरूषमा संक्रमण देखिएपछि गत मंगलबार परिवारका बाँकी सदस्यको पनि स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। जसमध्ये संक्रमित पुरूषको भाउजूमा संक्रमण देखिएको हो ।

यो नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेको पहिलो घटना हो। शनिबार नै भारतबाट आएका कैलाली र कन्चनपुरका दुई जना युवकमा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई पनि सेती प्रादेशिक अस्पतालमै भर्ना गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्