केदारस्युँ गाउँपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स

बझाङ – बझाङको केदारस्युँ गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कृषकहरुलाई कृषिजन्य सामग्री ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यका साथ कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिकाकि उपाध्यक्ष मनिसा धामिले बताइन् । किसानले गाउँ घरमा उत्पादन गरेको कृषिजन्य वस्तु र  रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि गाँउपालिकाले ‘कृषि एम्बुलेन्स’ संचालनमा ल्याएको उपाध्यक्ष धामीको भनाइ छ ।

किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, तथा रैथानेबाली तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनकालागि पालिका भित्र निशुल्क गाडी परिचालन गर्न लागिएको उपाध्यक्ष धामिले जानकारी दिइन् । उनका अनुसार किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रूपमा बिक्री वितरण तथा ढुवानीका लागि वातावरण मिलाउने तथा पालिका भित्रका विभिन्न वडाका गर्भवती महिला र आकस्मिक हुने दुर्घटनाका लागि समेत निःशुल्क सेवा दिनका लागि यस्तो निर्णय गरिएको हो । यो एम्बुलेन्स सेवाले गाउँ घरमा हुने जोखिमपूर्ण घटनालाई पनि उद्दार गर्न सहज र छिटो हुने उपाध्यक्ष धामीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्