भारतमा हुन लागेको यू–१७ महिला फुटबल विश्व कप कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ – भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्व कप कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ । यो प्रतियोगिता नोभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो । भारतका पाँच ठाउँ– कोलकाता, गुवाहटी, भुवनेश्वर, अहमदाबाद र मुम्बईमा हुने तय भएको थियो ।

यू– १७ महिला विश्वकपमा १६ टिम सहभागी हुनेछन् । यस्तै फिफाले यू–२० महिला विश्वकप पनि स्थगित भएको जनाएको छ । यो प्रतियोगिता पानामा र कोस्टारिकामा अगस्ट र सेप्टेम्बरमा आयोजना हुने तय भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्