कैलालीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक ११ गते गौरीफन्टा नाकामा नाराबाजी गर्ने भीडमा थिए

कैलाली – कैलालीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक नेपाल सरकारले लकडाउन घोषणा गरेपछि भारतको मुम्बइबाट फर्किएको खुलेको छ ।

सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको हो । चैत ११ गते गौरीफन्टा नाकामा भारतबाट फर्केका नेपालीहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । त्यहि भिडमा उनी पनि सहभागी रहेको पाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको बुझिएको जानकारी दिए ।

उनीहरुले सुरक्षाकर्मीमाथि समेत ढुङ्गामुढा गर्न थालेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको थिया। मन्त्रीपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्य पठाएको थियो । ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो । नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा आज रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुगाईएको थियो ।

तर गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जना मध्ये अधिकांश घर फर्किसकेका छन् भने धेरै कमलाई मात्र अनिवार्य क्वारेन्टाईनमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्