देउडा गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त

काठमाडौं– चर्चित देउडा गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त भएकी छन । साझा मंच राष्ट्रिय महिनावारी सञ्जाल ‘एमएचएम पीए’ ले गायिका जोशीलाई राष्ट्रिय मर्यादित महिनावारी सद्भावना दूतको रुपमा नियुक्त गरेका हुन् ।

देशभरका बिभिन्न ठाँउमा छाउपडी प्रथा हटाउन गायिका जोशी राष्ट्रिय मर्यादित महिनावारी सद्भावना दूतको रुपमा नियुक्त भएकी हुन । आफ्नो सुरिलो स्वरमार्फत दर्जनौं लोक तथा देउडा गीत गाएर श्रोताको मन जित्न सफल गायीका जोशीलाई महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन सम्बन्धि काम गरिरहेका देशभर रहेका एक सय भन्दा बढी साझेदार संस्थाहरुको साझा मंच राष्ट्रिय महिनावारी सञ्जाल ‘एमएचएम पीए’ले मर्यादित महिनावारी व्यवस्थापनको राष्ट्रिय सद्भावना दूतको जिम्मेवारी दिएको हो ।

महिनावारी व्यवस्थापनका लागि उनले छाउपडीविरुद्ध सांगीतिकका माध्यम जनचेतना जागरण गर्न अभियान चलाउने छिन् भने विभिन्न भिडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, अन्तर्वार्ता, जनचेतनामूलक सामग्री (पिएसए) लगायतका कार्यक्रम सञ्चालन गर्नेछिन् ।

महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापनमा सयुक्त राष्ट्रसंघका निकायहरु, अमेरीकन, बेलायती, जर्मनी, फिनल्याण्डका दुतावासहरु समेत गरी ३० ओटा भन्दा बढी अन्र्तराट्रिय तथा ४० भन्दा बढी राष्ट्रिय गैर सरकारी संस्थाहरु यसमा आवद्ध छन ।

कलाकारिता क्षेत्रमा उनको लोकप्रियताका कारण पनि स्थानीय स्तरमा रहेका लक्षित वर्गलाई छाउपडी प्रथाका गलत अभ्यासको बारेमा सचेतामुलक सन्देश दिन सकिने बिश्वास लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्