कोशी प्रदेशको नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले माग

काठमाडाैं – कोशी प्रदेशको नाम पुनर्विचार गर्न नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले माग गरेका छन् ।

काेशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् ।

विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले समेत हस्ताक्षर गरेका छन् । यसैगरी अन्य १३ जिल्लाका सभापतिहरुले पनि हस्ताक्षर गरेका छन् । प्रदेश सभा बैठकले गत फागुन १७ गते कोशी प्रदेश नामकरणको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । कोशी नामको पक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत मतदान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्