बाजुरामा आगलागि भएर घर जले संगै २ परिवाकाे बिचल्ली, लाखौंको क्षति

सांकेतिक तस्विर

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि क काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् । उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विद्युतको तार सट भएर घरमा आगलागी भएर ३ तले पत्थरले छाएको ८ कोठे घरमा आगलागी हुँदा   माथिल्लो एक तला पुरै जलेर नष्ट भएको तल्लाे तलामा समेत क्षेति भएकाे प्रहरी नायव निरिक्षक रामसिंह ठगुन्नाले जानकारी दिएका छन् । घरमा आगलागी हुँदा घर भित्र रहेका लत्ताकपडा , भाडाकुडा, अन्नपात तथा महत्वपुर्ण कागजात समेत जलेर सखाप भएका छन् । भने घरमा रहेका गरगहना ,नगद रुैपैया समेत जलेर सखाब भएकाे  पत्रकार रमित बि क ले जनाएका हुन ।

आगाे बिहान ४बजेकाे समयमा बिजुलीकाे तार सट भएर घरमा आगाेलागेकाे हुन सक्ने जिल्ला प्रहरीकार्यालय बाजुराले जनाएकाे छ।
आगलागिबाट पाँच लाख बढीको क्षती भएको प्रहरी नायब निरीक्षक ठगुन्नाले बताएका छन् । बिहानपख  स्थानीयहरुले तत्काल उद्धार गर्दा मानवीय क्षती हुन बाट जाेगाएकाे कुरा पिडित बि.क. परिवारले जनाएका छन् रातीमा हामी सबै जना घर भरी  मस्तसुतेका थियाै बिहान उठ्ने बेला त घरकाे माथिल्लाे तलामा आगाे दन्केकाे र पाखाका पणा भुईमा झर्न लागेकाे थाहापाए पटी बाहिर हेर्दा त घरकाे पुरै पाखाे जलेकाे देखीएकाले म एक छिन आत्तिए र घरका सबैजहान लाई हत्तपत्तबाहिर जानलगाए र सानातिना बालबच्चा  हरुलाई बाेकेर बाहिर लग्याेै पिडित उज्वल गाेरे बि क ले बताएका छन् । उनले रुदै भने जेहाेस्  घर जल्याे जल्याे परिवार त बच्याे झन्नै सारा परिवार आगाेमा  सखाप हुने रहेछाै भगवानले हात छाेडेर  बचाए छ । मेराे घरमा अनिष्ठ हुनबाट बचायाे हामी बाच्याै र पाे तपाईं हरु संग भेट भएकाे छ नत्र हामी त खतमै हुने थियाै भनेर आँखाभरी आँसु  झारेरका थिए ।

अहिले उनिहरु नजिकका आफन्त हरुकाे घरमा बसिराखेका छन् उनिहरुलाई  अहिले लाई खान काे लागि कुनैपनी ब्यबस्था छैन यतिका परिवारलाई कसकाे घरमा लगेर खुवाउने समस्या भएकाे छ । अहिले गाैमुल गाउपालिकाले त्रिपाल ,टेण्ट।पिडीत र केही खाध्यान्न सहयाेकाे लागि ब्यबस्था मिलाउन लागेकाे षाैमुल गाउपालिका ६ का वडाअध्यक्ष प्रकाश बहादुर राेकायाले बताउनु भएकाे छ १२जना काे सदस्य रहेकाे  परिवार अहिले समस्यामा परेका छन् । उज्वल बि.क. काे घरमा साना केटाकेटी मात्र रहेका र आफू कमाउनकाे लागि भारतकाे बेङ्रराेल गएका अध्यक्ष राेकायाले बताएका छन्।ग पिडित रमित बि क नेपाल पत्रकारमहांसंघ बाजुरा शाखाका सचिब समेत रहेका छन् आफू धनगढी भएकाे बेला घरमा क्षति भएकाे बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्