४२ करोड ठगेर शिवशिखर सहकारी फरार

डडेल्धुरा – वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै भन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको छ भने कर्मचारीहरू फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्ववानअनुसार शिवशिवर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन्। भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्।

देशभरका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरेको शिवशिखर सहकारीले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरासँगै डोटी, कैलाली र कञ्चनपुरमा शाखा स्थापना गरेको छ । शिवशिखर सहकारी संस्थामा बचत गरेका सर्वसाधारणलाई उजुरी दिन सार्वजनिक सूचनामार्फत आह्रवान गरेको हो । शुक्रबारसम्म २ हजार बढी बचतकर्ताबाट १ हजार ३ सय ६५ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए ।

एउटै परिवारका सदस्य बचतकर्ताबाट सामूहिक उजुरी माग गरिएकाले उजुरी दिने बचतकर्ताको संख्याभन्दा कम उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरेर सञ्चालक र कर्मचारी फरार रहेकाले उजुरी दिन सर्वसाधारणलाई आग्रह गरिएको हो । पीडितको उजुरीका आधारमा साढे ७ करोड रुपियाँ सहकारीमा जम्मा गरिएको प्रमाण उपलब्ध भएको छ ।

पीडितको उजुरी लिने कार्य अगामी सातासम्म निरन्तर जारी रहने भएकाले पीडितको संख्या बढ्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्।  सो सहकारीका बचतकर्ता तथा ग्राहक डडेल्धुरा जिल्ला बाहिर डोटी, कैलाली र भारतमा समेत रहेकाले दुई सातासम्म उजुरी आउन सक्ने डीएसपी भट्टले बताए ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्