गाउँपालिका अध्यक्ष रोकायले गरे डोजरमा चढेर आफ्नै पहलमा सुरु भएको सडकको कामको शुभारम्भ

बझाङ – २०७८ असोज ३१ ग्ते देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षा संगै आएको बाढी र पहरोका कारण क्षतविक्षत बनेको सडकको स्तरोन्नतिका लागी काम सुरु भएको छ । गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको पहलमा जिल्लाको खप्तडछान्ना गाउँपालिका सेती लोकमार्ग अन्तरगत जडार थाम लेख सडक खण्डको काम सुरु भएको हो ।

सडकको स्तरोन्नति , बाढी र पहिरोले ध्वस्त पारेका सरकारी संरचनाको निर्माण , बाढी प्रभावित स्थानीय नागरिकका लागी बिषेस राहत तथा कार्यक्रमका लागी गाउँपालिकाले पटक पटक केन्द्र , प्रदेश लगायतका बिभिन्न निकायमा पहल गर्दै आएको थियो । गाउँपालिकाले स्थानीय तहको निर्वाचन पछि विशेष गरि सडकको स्तरोन्नतिका लागी संघिय मन्त्रालय, बिभाग तथा सेती लोकमार्गको कार्यालयमा डलिगेसनमा गएर दबाव दिएको थियो ।

गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले भने, ‘गाउँपालिकाको प्रमुख सडकका रुपमा रहेको यस सडकलाई स्तरोन्नति गर्नु हाम्रो पहिलो प्राथमिकता हो । सडक निर्माण लगायतका बिभिन्न बिकास निर्माणका कामका लागी तिन पटक काठमाण्डौमा गएर बिभिन्न निकायमा धाएका थियौ । यस सडकको बजेट ब्यवस्थापन र टेन्डर खोल्नका लागी निकै मेहनत गरेको हौ ।’ उनले आफुहरु हल्ला भन्दा पनि काममा बिश्वास राख्ने हुँदा अन्य महत्वपुर्ण योजना तथा कामका लागी समेत बिभिन्न निकायमा पहल भईरहेको बताए । अध्यक्ष रोकायाले यहाँका नागरिकहरुले भोग्दै आएका समस्यमा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए पछि एक बर्ष देखि गर्दै आएको पहल अहिले पुरा भएको समेत बताए । उनले अब काम गुणस्तरिय र छिटो छरितो गराउनका लागी सबैको सहयोग आवश्यक भएको समेत बताए । बाढीले क्षती भएको जडार थाम लेख सडकलाई १२ महिनै संचालन गर्ने गरि अहिले चार करोडको काम यसै असार मसान्तमा सम्पन्न गर्ने गरि सुर्मा सरोबर प्रालिले जिम्मा पाएको छ । अध्यक्ष रोकायाले डोजरमा चडेर कामको शुभारम्भ समेत गरे । सुर्मा सरोबर प्रालिका संचालक शेरबहादुर बोहराले यसै असार मसान्त सम्म काम सम्पन्न गर्ने गरि आजबाट काम सुरु भएको बताए । गाउँपालिकाले गरेको यस कामको सबै क्षेत्रबाट समेत प्रशंसा भएको छ । वर्षायाम सुरु भएपछि सडक अबरुद्ध हुने डरमा रहेका स्थानीयहरुमा केही आसा जागेको छ । जडार थाम लेख सडकको अधिकाशं सडक बगाएर अहिले बगरमा परिणत भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्