दार्चुला र चीनको सीमानामा रहेको ताक्लाकोट नाका संचालन गर्न सांसद धामीको माग

काठमाडौँ – प्रदेश सांसद विक्रम धामीले ताक्लाकोट नाका तत्काल खोल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सुदूरपश्चिम प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद धामीले दार्चुलाको सीमावर्ती क्षेत्र चीन सँग जोडिएको ताक्लाकोट नाका तत्काल खोल्न प्रदेशर सरकार, संघीय सरकार र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

‘दार्चुलामा व्यासी सौका भन्ने अति विशिष्ट र विशेष जातीको बसोबास छ, उनीहरु मित्र राष्ट्र चीनको ताक्लाकोटमा व्यापार गर्थे, उनीहरुको करिब ५०/६० वटा पसल छ त्यहाँ, अहिले ती पसलहरु बन्द छन्’ सांसद धामीले भने, ‘उनीहरुको मासिक भाडा ५० हजार भन्दा बढी छ, नेपाल सरकारले चीन सरकारसँग कुरा गरेर भाडा मिनाहा र तत्काल ताक्लाकोट नाका संचालनको लागि पहल गरोस् ।’
सांसद धामीले गत वर्ष दार्चुलाको लास्कु खोलमा आएको बाढीले प्रभावितहरुलाई व्यवस्थापनको लागि समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्