दार्चुलामा डाक्टरहरु छैनन्, सुत्केरीले स्वासथ्य सेवा पाएको छैन : सांसद विक

काठमाडौँ – प्रदेशसभा सदस्य लक्ष्मी विकले जनताले सरकारको महसुस गर्न नसकेको बताएकी छिन् ।
शनिबार सुदूरपश्चिम प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद विकले देशमा ३ तहको सरकार भएपनि जनताले महसुस गर्न नपाएको बताएकी हुन् । ‘हामीले जनतालाई जनु सेवा दिनुपर्ने हो, त्यो सेवा दिन सकिरहेको अवस्था छैन’ सांसाद विकले भनिन्, ‘आजसम्म पनि जिल्लामा सुविधा सम्पन्न अस्पतालहरु छैनन् डाक्टरहरु छैनन्, सुत्केरी महिलाहरुले पाउने स्वास्थ्य सेवा पाएका छैनन् ।’

सांसद विकले शिक्षा, स्वास्थ्य र खाद्यान्न सर्वसुलभ हुन नसकेको समेत बताएकी छिन् । उनले आज सुदूरपश्चिममा भएको मन्त्रिपरिषद् विस्तारमा समेत असन्तुष्टि जनाएकी छिन् । उनले मन्त्रिपरिषद्मा दलित र महिलाको नेतृत्व नभएको भन्दै सरकारको आलोचनासमेत गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्