दोगडा घटेकुलो जलविद्युत आयोजनाको रकम पाएनन् मजदूरले, समितिमा वडा अध्यक्षको साला र श्रीमती

बझाङ – केदारस्युँ गाउँपालिका वडा नं ६ को भाटगाउमा रहेको दोगडा घटेकुलो जलविद्युत आयोजनाको पैसा मजदूरले पाएको छैन। बिगत लामो समय देखि काम गरेको पैसा नपाए पछि मजदुर चिन्तामा रहेका छन्। गाउँपालिका बाट मर्मत सम्भार भनेर छुट्याएको दुई लाख पचास हजार रुपैयाँ समितिले गाउँपालिका बाट निकासा गरेर लिएको छ। तर आफुहरुले पैसा नपाएको मर्मत सम्भार गर्ने भनेर जिम्मा लिएका हिरा धामिले बताए।
समितिमा वडा अध्यक्ष जय बहादुर धामीको साला र श्रीमती भएपनि तर अध्यक्ष धामीले भने आफुलाई रकम निकासा गरेको थाहा नभएको बताए । वडा बाट रकम निकासा गरिदिनु भनेर अध्यक्ष धामीले नै सिपारिस दिएको देखिन्छ। अध्यक्ष धामी र जलविद्युत आयोजना समिति का अध्यक्ष धौल्य बोहराको सल्लाह अनुसार आफुहरुले काम गरेको पैसा नपाएको उनिहरुको भनाई रहेको छ। स्थानीयका अनुसार वडामा आएको विकास निर्माणको काममा वडा अध्यक्ष धामीले आफ्नो आसेपासेलाई मात्र समितिमा राखेर काम गर्ने गरेको एक जना स्थानीयको भनाइ छ। गाउँपालिकाबाट तिन लाख पन्ध्र हजार रुपैयाँ बराबरको पाइप दिएको भएपनि आवश्यक पर्ने ठाउँमा नदिएर अध्यक्ष धामीले आपनो आसेपासेलाई दिएको आरोप लगाएका छन्। यस बिषयमा आफुले गाउँपालिकामा कुरा गर्दा आफुलाई नराम्रो अशब्द बोलेर मैले जिताएको हुँ धेरै कुरा गर्ने होइन क्षमता भए आफुले लिएर देखाउनु भात खान आएको हो तिमिहरु धेरै कुरा गर्ने होइन भनेर आफुलाई भनेको कार्यपालिका सदस्य कल्पना गुर्धामिले बताइन्।
कार्यपालिका सदस्य गुर्धामिका अनुसार जुन कार्यपालिकमा भएको विवाद आपनो र वडा अध्यक्ष धामीबीच भएको सोहि बिषयमा महिला माथि यस्तो व्यवहार नगर्नु भनेर गाउँपालिका उपाध्यक्ष मनिसा धामिले भन्दा वडा अध्यक्ष धामीले आफुलाई हातपात गर्न खोजेको भनेर सामाजिक सञ्जालमा झुटो कुरा लेखेर हालेको वडा सदस्य गुर्धामिको भनाइ रहेको छ। महिला माथि हिंसा गर्नु हुदैन हामिले सबैले मिलेर गाउँपालिकामा विकास गर्नुपर्छ भन्नेर भन्दा वडा अध्यक्ष जय बहादुर धामीले मोबाइल भिडियो रेकर्ड गरेको हुँदा मोबाइल समातेको उपाध्यक्ष मनिसा धामिले बताइन्। केही समय पछि मोबाइल अध्यक्ष लाइ नै दिएको उपाध्यक्ष धामिले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्