रौतहटमा छिमेकीको विवादमा एक जनाको हत्या

सांकेतिक तस्बिर

जनकपुरधाम – रौतहटमा एक जना पुरुषको हत्या भएको छ ।

गौर नगरपालिका-७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिए । एसपी बुढामगरका अनुसार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए । छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी मगरले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्