कविता : सुनसान यि दिनहरु कटाउन धौधौ भएको छ

यसोदा रिमाल मिश्र

                         सुनसान 

निकै दिन भयो उसको बिजनेस घाटामा गएको छ
सोध्दा छ भन्दैन सर समाग्री  स्टोरमा कुहिरहेछ
अझै पनि कहाँबाट कसरि कमाउने जमाउने एउटै चिन्ताले पिरोलिरहेको छ
तर
बिहान बेलुका कमाएर गुजारा गर्नेहरुलाई
यि दिनहरु कटाउन धौधौ भएको छ
अनि
के दिन के रात सधै होहल्ला हुने सहर बजार सुनसान भएको छ
उ बिरामी छोरा छोरी स्याहार्न नपाउँदै
मुत शरीरको दाह संस्कार गर्न नपाउँदै
कति बेला आफु मर्ने हो भन्ने चिन्ता र डरले हरपल मरिरहेछ
यति बेला पनि मान्छे हर कुरामा यति नाफा यति घाटा खोजिरहेछ
विश्वमा हरेक दिन नयाँ मान्छे कोरोनाले लगिरहेछ
अं साच्चै तिम्रो हाम्रो शहर बजार मात्रै हैन संसारमा कयौं शहर बजार यस्तै सुनसान छ ।
बर्षौ देखि छोराछोरी घर आउछन् भन्ने आशामा
आमा बाबुको काख दिनानु दिन सुनसान भए जसरि
देख्दा लाग्छ
गाउँ घरमा छोरा बुहारी आउन दशैँ तिहार कुर्दै बसिरहने आमा बुबाको मनमा
साँच्चै हरियाली वसन्त आईदिएको छ
प्रकूतिमा ऋतू फेरिएर वसन्त आए जस्तै
आम मानिसलाई आफ्नै जन्मभुमी फकाई दिएको छ
कहिल्यै जम्मा गर्न नसकिने परिवारलाई पनि जम्मा गराई दिएको छ
बर्षौ बर्ष भरि झगडा गरिरहने आफन्त र छिमेकी बिच
केहि पललाई भए पनि माया जगाई दिएको छ
यस अर्थमा लाग्छ कोरोनाले मानिसलाई आफ्नो औकात देखाई दिएको छ
युवा बृद्धबृदा   हैन कलिला बालबालिकाको मानसपटलमा पनि डर त्रास भरिएको छ
सहर बजारको मात्रै के कुरा गर्नु यति बेला मृतकको संख्या सुन्दा
( मानिसको दिमाख नै सुनसान भैईरहेको छ)२

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्